काठमाडौं, २१ माघ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा बस्ने भएको छ । फागुन १३ गते बस्ने चौथो वार्षिक सभा बुटवल, रुपन्देहीमा बस्ने भएको हो ।
माघ २० गते बसेको संचालक समितिको बैठकले प्रस्तावित २१.०५ प्रतिशत लाभांश पारित गर्नको लागि सभा बस्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुको साथै जारी चुक्तापुँजी बृद्धि गरी सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने तथा अन्य कम्पनीसँग गाभ्ने तथा प्राप्ती प्रकृयामा जानु पर्ने भएमा सम्पुर्ण जिम्वेवारी संचालक समितिलाई समेत दिने निर्णय गर्ने भएको छ ।
सभा प्रयोजनार्थ कम्पनीले माघ ३० गते एक दिन बुक क्लोज गर्ने भएको छ । माघ २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।