Logo

लिखित जवाफसहित आँफै उपस्थित् हुन दाहाललाई अदालतको आदेश



काठमाडौं, २१ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफसहित आँफैं उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक एक साताभित्र अदालतमा आफैं उपस्थित हुन आदेश दिएको हो । दाहालविरुद्ध अधिवक्ता समिर हायुले न्यायाधीशलाई धम्की दिएर अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्