Logo

जोशीद्वारा अख्तियार आयुक्तबाट राजीनामा



काठमाडौं, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तबाट डा. गणेशराज जोशीले राजीनामा दिएका छन् । यसअघि कार्यवाहक प्रमुख आयुक्त रहेका जोशीले आज राजीनामा दिएका हुन् ।

अख्तियारको प्रमुख आयुक्तमा प्रेम कुमार राईलाई नियुक्त गरेपछि जोशीले राजीनामा दिएका हुन् । विगतमा जोशी आयुक्त रहँदाकै अवस्थामा राई सचिव थिए । आफू मातहतमा रहेर सचिव बनेकालाई प्रमुख आयुक्त बनाइएपछि जोशीले राजीनामा दिने मनशाय बनाइसकेका थिए ।

यसैगरी, जोशी आज प्रमुख आयुक्त राईको कार्यभार ग्रहणमा सहभागी भएनन् । उनलाई अख्तियार आयुक्त डा. सावित्री थापा गुरुङले स्वागत गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्