काठमाडौं, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम कुमार राईको नियुक्तिलगत्तै आयोगले वेवसाइटको अपडेट गरेको छ । जसमा प्रमुख आयुक्त राईसहित नवनियुक्त आयुक्तहरुको नाम र तस्बिर राखेको छ ।
आयुक्तहरु वरियता अनुसार राख्दा डा. गणेशराज जोशीको अर्की आयुक्त सावित्री थापा गुरुङको भन्दा पछाडि राखिएको छ । तर, जोशीले आजै राजीनामा बुझाइसकेका छन् ।
वरियतामा किशोर कुमार सिलवाल र त्यसपछि जयबहादुर चन्द राखिएका छन् । राईसहित सिलवाल र चन्दको नियुक्ति भई आजै सपथ भएको हो ।