Logo

सत्ता टिकाउनमात्रै ओलीले भारतसँग साँठगाँठ गरेको हो : रामनारायण बिडारी (भिडिओसहित)



काठमाडौं, २१ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका प्रभावशाली नेता रामनारायण बिडारीले नेकपाको आधिकारिकता आफूहरुले नै पाउने दाबी गरेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग आफ्नो सत्ता टिकाउनको लागि मात्रै साँठगाँठ गरेको आरोप लगाएका छन् । ओलीले लिपुलेक फिर्ता ल्याउन नसक्ने पनि दाबी गरे । उनले भने-“ओलीले लिपुलेक फिर्ता गर्न सक्नुहुन्न । त्यो गर्नको लागि अर्कै प्रधानमन्त्री आउनुपर्छ । नेपाली भूमि फिर्ता नगर्नको लागि नै उहाँले यो कदम चाल्नुभएको हो । निर्वाचन पनि नहुने, संसद पनि विघटन हुने, परीवर्तन पनि डामाडोल पार्ने, नियतवश यो कार्य भएको छ ।”



प्रतिक्रिया दिनुहोस्