Logo

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं, २२ माघ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी एकजना पक्राउ परेका छन् । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका–६ ईमाडोल बस्ने ५५ वर्षीय मणि कुमार थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

थापाले घर जग्गाको काम गर्ने सिलसिलामा विभिन्न ब्यक्तिहरुसँग रकम लिई सो बापत विभिन्न बैंकको चेक काटिदिने र सो पश्चात बैंकमा पैसा जम्मा नगरी सम्पर्क बिहिन हुने गरेको भन्ने सूचना आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले थापालाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको जनाएको छ ।

थप अनुसन्धानको क्रममा थापा महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी बृत सातदोबाटोमा बैंकिङ् कसुर मुद्दामा समेत फरार रहेको खुल्न आएको उक्त महाशाखाले बताएको छ ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्