Logo

चरेश सहित पक्राउ



पर्सा, २२ माघ । करिब ५ सय ६० ग्राम अवैध लागूऔषध चरेश सहित एकजना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–२९ मुसौलीस्थित सडकबाट करिब ५ सय ६० ग्राम अवैध लागूऔषध चरेश सहित पटेर्वासुगौली गाउँपालिका–३ बस्ने २८ वर्षीय जादु साह सोनारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीलाई देख्ने बित्तिकै मोटरसाइकल घुमाई भाग्न खोजेपश्चात मोटरसाइकलमा सवार सोनारलाई नियन्त्रणमा लिई जाँच गर्ने क्रममा उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको जानकारी दिएकोे छ । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्