Logo

भरुवा बन्दुक बरामद



चितवन, २२ माघ । ईच्छाकामना गाउँपालिका–७ सानो भोर्लेनीस्थित जंगलबाट वेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्