काठमाडौं, २२ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार ३५ करोड २२ करोड लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १२.५४ प्रतिशत कम हो । गत वर्ष उक्त अवधिमा बैंकले ४० करोड २७ लाख नाफा आर्जन गरेको थियो ।
विवरणअनुसार बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो । बैंकको वितरणयोग्य मुनाफा २७ करोड ६० लाख रुपैयाँ रहेको जनाएको छ । १ अर्ब ९४ करोड २५ लाख रुपैयाँ बैंकले जगेडा कोषमा सुरक्षित राखेको छ भने १२ अर्ब चुक्तापुँजी कम्पनीको रहेको छ ।
समीक्षा अवधिमा ४९.६६ प्रतिशतले जगेडा कोषमा बृद्धि भएको हो । चालु आवको पुस मसान्तसम्ममा ३२ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चालु आवमा ब्याज आम्दानी ७.७२ प्रतिशत घटेर ५६ करोड ९४ लाख रुपैयाँमा संकुचित भएको छ ।