Logo

तारागाँउ रिजेन्सीको साधारण सभा फागुन १४ मा



काठमाडौं, २२ माघ । तारागाँउ रिजेन्सी होटल लिमिटेडले फागुन १४ गते साधारण सभा बोलाएको छ । २४ औं सभाले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

होटलले शेयरधनीहरुलाई भर्चुअल भिडियो कन्फरेन्सबाट सभामा सहभागिता जनाउन समेत अनुरोध गरेको छ । सभाले लेखापरिक्षकको नियुक्ति, उनको पारिश्रमिक निर्धारण र संचालकको निर्वाचन लगायतका प्रस्तावहरु परित गर्ने जनाएको छ ।

कम्पनीले माघ ३० गतेबाट फागुन १४ गतेसम्म सभा प्रयोजनार्थ बुक क्लोज गर्ने भएको छ । माघ २९ सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्