Logo

कामना बैंकको ऋणपत्र आजदेखि निष्कासन हुँदै



काठमाडौं, २२ माघ । १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र कामना सेवा विकास बैंकले आजबाट निष्कासन तथा बिक्रि खुल्ला गर्ने भएको छ । बैंकले १० लाख कित्ता ऋणपत्र १ हजार रुपैयाँ अंकित दरले बिक्रि गर्न लागेको हो ।

कुल निष्कासन गर्ने ऋणपत्रमध्ये ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट र ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बिक्रि गर्न लागेको बैंकले जनाएको छ । त्यसमध्ये २० हजार कित्ता भने सामुहिक लगानी कोषको लागि छुट्टाइएको छ ।

ऋणपत्रमा लगानी गर्न इच्छुक आवेदकहरुले न्युनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको जम्मा १० लाख कित्तामध्ये ६ लाख कित्ता व्यक्तिगत तवरबाट र बाकी ४ लाख कित्ता सर्वसाधारणको लागि सार्वजनिक निष्कासनबाट बिक्रि गरिने बैंकले जनाएको छ ।

कम्पनीले ऋणपत्रको विक्रि तथा प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । आजबाट ऋणपत्रमा माघ २६ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा माग अनुसार आवेदन नआएमा फागुन ६ गतेसम्म समय थप गर्ने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्