Logo

सुर्योदय लघुवित्तको शेयरमुल्यमा बृद्धि



काठमाडौं, २२ माघ । आज सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमुल्य बृद्धि भएको छ । लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको हो । अघिल्लो वर्षको लाभांश अहिलेसम्म पनि सार्वजनिक नगरेको यो कम्पनीको शेयर आज अत्यधिक बृद्धि भएको छ । कम्पनीको बिहिबार शेयरमुल्य प्रतिकित्ता १७५ रुपैयाँले बढेर १९२५ रुपैयाँ अन्तिम मुल्य कायम भएको हो ।

आज २ घन्टामा यो कम्पनीको ४ हजार ९९८ कित्ता शेयर खरिद माग भएको देखिएको छ । उक्त कम्पनीको कित्ता शेयरमुल्य न्युनतम १६९० रुपैयाँ देखि १९२५ रुपैयाँसम्मको अधिकतम मुल्यमा खरिद गर्ने माग रहेको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्