Logo

लोकतन्त्र जोगाउन सडकमा



काठमाडौं, माघ २३ । नेपाल कम्युनिस्ट पार्टी (दाहाल–नेपाल) समूहले बिहीबारको आमहडताल अधिनायकवाद र गणतन्त्रका विरोधीविरुद्ध भएको जनाएको छ। समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले आमहडताल गणतन्त्रविरोधीविरुद्धको अभियान भएकाले जनतालाई थोरै दुःख भए पनि जनताकै पक्षमा र न्यायका लागि आफूहरू सडकमा आउनुपरेको बताएका छन्।

‘यो आमहडताल जनतालाई दुःख दिन होइन, ओली (प्रधानमन्त्री केपी शर्मा ओली) ले संविधान कुल्चेको, संविधान, लोकतान्त्रिक गणतन्त्र र नेपाली जनताले ठूलो बलिदानीका साथ प्राप्त गरेका उपलब्धिहरूमाथि लगातार प्रहार गरेका कारण संविधान रक्षाका लागि पनि आमहडतालजस्तो कठोर आन्दोलनमा उत्रिन बाध्य छौं’, अध्यक्ष नेपालले भने। अर्का अध्यक्ष दाहालले लोकतन्त्रको रक्षाको लागि आमहडताल गर्नुपरेको बताए। ‘यो लडाइँ लोकतन्त्रको पक्षमा हो, गणतन्त्रको पक्षमा हो’, दाहालले भने।

सो समूहले आह्वान गरेको आमहडतालका कारण बिहीबार देशभरको जनजीवन ठप्प रह्यो। हडतालका समर्थक चोकचोकमा जम्मा भएर दिनभर बसेका थिए। आमहडतालका क्रममा शीर्ष नेताहरू नै सडकमा उत्रिएका थिए। अध्यक्ष नेपालले स्कुटरमा चढेर बन्दको अवलोकन गरेका थिए भने दाहाल पुल्चोकस्थित सडकमा धर्ना बसेका थिए।

संवैधानिक आयोगमा नियुक्तिको विरोधमा सो समूहले आह्वान गरेको आमहडताल सफल पार्न सडकमा निस्किएका नेपालले प्रधानमन्त्री ओलीमा एकपछि अर्को गर्दै अधिनायकवादी चरित्र देखा परेको तर सच्चिने लक्षण नदेखिएको आरोप लगाएका थिए। ‘अहिलेका कामचलाउ प्रधानमन्त्री केपी ओलीजी संविधान मिच्दैमिच्दै अगाडि बढिरहनुभएको छ। उहाँको एकपछि अर्को अधिनायकवादी चरित्र उदांगो भएको छ, जसले गर्दा ओली निरंकुश शासक हुन् भन्ने पुष्टि हुन्छ। उनमा अलिकति पनि लोकतान्त्रिक चरित्र छैन, उनमा कुनै पनि प्रकारको सुध्रने लक्षण छैन’, अध्यक्ष नेपालले भने।

‘कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली संविधान मिच्दैमिच्दै अगाडि बढेका छन्। ओलीको एकपछि अर्को अधिनायकवादी चरित्र उदांगो भएको छ, जसले उनी निरंकुश शासक हुन् भन्ने पुष्टि हुन्छ।’

नेपालले संविधान, संघीयता र गणतन्त्रप्रति ओलीमा कुनै अपनत्व नभएको समेत जिकिर गरे। उनले संवैधानिक नियुक्तिको प्रक्रिया नै गलत भएको समेत बताए। ‘संवैधानिक परिषद्ले गरेको नियुक्ति प्रक्रिया नै गलत छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्