Logo

नेपाल उद्योग परिसंघले पायो वस्तु उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अनुमति



काठमाडौं, २३ माघ । नेपाल सरकारले नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने अनुमति पाएको छ । मन्त्रिपरिषदको स्वीकृत भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धि कार्यविधि अनुसार परिसंघले प्रमाणपत्र जारी गर्न अनुमति पाएको हो ।

परिसंघले भारत लगायत सार्क मुलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अनुमति प्राप्त गरेको हो । प्रमाणपत्र जारी गर्दा प्राप्त भएको आम्दानीलाई निर्यात प्रवद्र्वनका कार्यक्रमहरु र गतिविधिलाई संचालन गरेर खर्च गर्ने र निर्यात प्रर्वद्वनलाई पथमिकता दिने जनाएको छ ।

प्रमाणपत्र जारी गर्ने अनुमति लिनुअघि परिसंघले तेस्रो मुलुकमा मात्र उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्