Logo

महिला लघुवित्तको आईपीओको निष्कासन माघ ३० बाट हुने



काठमाडौं, २३ माघ । यसअघि महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ माघ २८ गते निष्कासन गर्ने मिति तोकेको थियो । लघुवित्तले सिटिएस एण्ड क्लियरिङ्गको अनुरोधमा आईपीओ जारी मिति सारेको जनाएको छ ।

आईपीओ निष्कासनको मिति २ पछि सरेको कम्पनीले जनाएको छ । माघ ३० गतेदेखि निष्कासन गर्ने यस आईपीओमा फागुन ४ गतेसम्ममा आवेदन दिन सक्नेछन् । माग अनुसार आवेदन नपरेमा फागुन १४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । महिला लघुवित्तले ४ लाख कित्ता शेयर बिक्रि खुल्ला गर्ने भएको छ ।

हाल संस्थाको चालु पुँजी १० लाख रहेकोमा उक्त पुँजीको ४० प्रतिशत हुन आउने ४ करोड बराबरको ४ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । त्यसमध्ये ०.५ प्रतिशत वा ५ हजार कित्ता शेयर कर्मचारीहरुलाई, ५ प्रतिशत वा २० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि र बाकी रहेको ३ लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । शेयर खरिद गर्न इच्छुकहरुले न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्