Logo

सिभिल बैंकले आज साधारण सभा प्रयोजनार्थ बुक क्लोज गर्ने



काठमाडौं, २३ माघ । सिभिल बैंकले फागुन ९ गते हुने साधारण सभा प्रयोजनार्थ आज बुक क्लोज गरेको छ । बैंकले प्रस्ताव गरेको ८.४२ प्रतिशत नगद लाभांश वितरणको लागि बुक क्लोज गरेको हो । माघ २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । गत वर्ष बैंकले ६.५७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सभाले ०७६/७७ आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत कर प्रयोजनको लागि वितरण प्रस्ताव गर्ने भएको छ । हाल बैंकको ८ अर्ब ३३ लाख ८९ हजार रहेको छ ।



प्रतिक्रिया दिनुहोस्