Logo

दाजुको हत्या गरेको अभियोगमा भाई पक्राउ



सिन्धुली, २३ माघ । दाजुको हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै दाई ४६ वर्षीय चेत बहादुर बम्जनको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मरिण गाउँपालिका–३ मथौली बस्ने ४० वर्षीय मान बहादुर बम्जनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मान बहादुरले बन्चरोको पासो र खुकुरी प्रहार गर्दा चेत बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले मान बहादुरलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्