Logo

नियन्त्रित लागूऔषध सहित ५ जना पक्राउ



नवलपरासी(पूर्व), २३ माघ । नियन्त्रित लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिनयी त्रिबेणी गाउँपालिका–१ दुम्किबास बजारबाट नियन्त्रित लागूऔषध १ सय ४८ एम्पुल फेनारगन, १ सय ४९ एम्पुल डाईजेपाम र १ सय ५९ एम्पुल नुर्फिन सहित ५ जना शुक्रबार बिहान पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा पर्बत कुस्मा नगरपालिका–४ बस्ने २५ वर्षीय सम्सेर घर्ती मगर, कास्की पोखरा महानगरपालिका–१० बस्ने २३ वर्षीय बिजय चौधरी, चितवन भरतपुर महानगरपालिका–१४ बस्ने २४ वर्षीय दिपेश बिक, चितवन भरतपुर महानगरपालिका–१६ बस्ने २६ वर्षीय सर्बबिद बस्नेत र भरतपुर महानगरपालिका-१९ बस्ने ३३ वर्षीय सिंहराज लामा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले सवारी साधन जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्