Logo

सेन्ट्रल फाइनान्सको साधारण सभा आज हुँदै



काठमाडौं, २३ माघ । सेन्ट्रल फाइनान्स लिमिटेडको २४ औं वार्षिक साधारण सभा कुपण्डोल ललितपुरमा हुँदैछ । आज बस्ने सभाले ०७६/०७७ आवको मुनाफाबाट कायम भएको चुक्तापुँजीको २ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस शेयर गरी जम्मा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

२४ औ वार्षिक सभाले आव ०७६/०७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी प्रस्ताव पारित गर्ने भएकोे छ । संस्थाको प्रबन्ध पत्रको प्रस्तावित संशोधन नियमन निकायबाट कुनै पनि निर्देशन र सुझाव दिएमा सोही अनुरुप आवश्यक समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्