Logo

छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ



काठमाडौं, २३ माघ । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । रुपन्देहीमा छिमेकीलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा देवदह नगरपालिका–११ रामपुर बस्ने ३९ वर्षीय राम बहादुर बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

राम बहादुरले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने ६५ वर्षीय शेष बहादुर गुरुङलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले राम बहादुरलाई खुकुरी सहित पक्राउ गरेको बताएको छ । घाइते शेष बहादुरलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस्