दाङ, २५ माघ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले गतवर्ष सञ्चालन गरेको महोत्सवको आयव्यय विवरण सार्वजनिक गरेको छ । शनिबार सङ्घको २६औँ साधारणसभामा वाणिज्य सङ्घका कोषाध्यक्ष डिल्लीबहादुर वलीले महोत्सवमा विभिन्न शीर्षकमा रु ८७ लाख ८९ हजार ५१२ आम्दानी भएको ३३ लाख ९९ हजार ४३७ खर्च भएको जानकारी दिएका छन् ।
उनले सबै खर्च कटाएर महोत्सवबाट रु ५३ लाख ९० हजार ७५ बचत भएको जानकारी दिए। कोरोना महामारीका कारण आफूहरुले आयव्यय सार्वजनिक समयमा गर्न नसकेको सङघका अध्यक्ष वीरबहादुर रातवले बताए । सङ्घले गत वर्षको माघ महिनामा महोत्सव आयोजना गरेको थियो । रासस