Logo

बलात्कारी र हत्यारालाई संरक्षण होइन कारबाही गर : नेबिसंघ महामन्त्री तिमल्सिना



काठमाडौँ, २५ माघ। बैतडी जिल्ला दोगडा केदार गाउँपालिका वडा न.७ चडेपानीका कक्षा १२ मा अध्ययनरत १७ बर्षीय बिद्यार्थी भागरथी भट्टको अमानवीय र नृसंष किसिमले हत्या भएको दु:खद घटनाको नेपाल विद्यार्थी संघले घोर निन्दा र भर्त्सना गरेको छ।

नेपाल विद्यार्थी संघका अध्यक्ष राजिब ढुङ्गानाद्वारा हस्ताक्षरित बिज्ञाप्तिमा घटनाको निष्पक्ष ढंगले यथासिघ्र अनुसन्धान र छानबिन गरि भगिरथी भट्टको हत्याराहरुलाई तत्काल हदै सम्मको कार्वाहीको माग गरिएको नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाले बताए ।

विद्यार्थीहरु को सुरक्षाको विशेष ब्यवस्था गर्न तथा बिगतका घटना झै बलात्कारी र हत्याराहरुको संरक्षण गर्ने कार्य बन्द गर्न महामन्त्री तिमल्सिनाले सरकारलाई कडा चेतावनी दिएका छन ।



प्रतिक्रिया दिनुहोस्