Logo

अबदेखि कुमारी बैंकबाट आन्तरिक रेमिटेन्स पठाउन सकिने



काठमाडौं, २५ माघ । कुमारी बैंकले आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने नयाँ व्यवस्था गरेको छ । बैंकले मोबाइल बैकिङ्ग एप्लिकेसन कुमारी स्मार्ट मार्फत आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था गरेको जनाएको छ ।

रेमिट रकमको प्राप्त गर्नलाई ग्राहकवर्गहरुले बैंकका देशभर रहेका शाखाहरु, बैंकका १० हजार भन्दा धेरै रेमिट एजेन्ट कार्यालयहरुमार्फत रकम बुझ्न सक्नेछन् । यो सजिलो रेमिट भुक्तानी सुविधाको सुरुवात गर्ने पहिलो बैक कुमारी हो ।

बैंकका ग्राहकले आफ्नो मोबाइलमा भएको कुमारी स्मार्ट एप्लिेकेसन खोलेर कुमारी रेमिटक फिचरमा क्लिक गरेर प्रापकको विवरण र सम्र्पक नम्बर राखेर आफुले चाहेको रकम रेमिट गर्न सक्ने बैकले जनाएको छ ।

कुमारी बैंकको १९२ शाखा, १६३ एटिएम, २२ शाखारहित बैकिङ्ग ईकाइ तथा १ एक्सटेन्सन काउन्टरहरु रहेका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैकिङ्ग सुविधा दिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्