Logo

सिटिजन लाइफको १ अर्ब ३७ करोड बीमा शुल्क नाफा



काठमाडौं, २५ माघ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले चालु आर्थिक वर्षमा १ अर्ब ३७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । आज सार्वजनिक गरेको पुस मसान्तसम्मको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बीमाशुल्कको आम्दानी गत वर्षको तुलनामा ७३ प्रतिशतले धेरै हो ।

अघिल्लो वर्षकको सोही अवधिमा इन्स्योरेन्सले ७९ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आम्दानी गरेको थियो । ७२ करोड ८० लाख ४९ हजार रुपैयाँ जगेडा कोषमा सुरक्षित रहेको छ । त्यसैगरी, १ अर्ब ७५ करोड रुपैयाँ कम्पनीको हाल चुक्तापुँजी रहेको विवरणमा उल्लेख गरिएको छ ।

०७७÷०७८को दोस्रो त्रैमाससम्मको समीक्षा अवधिमा कम्पनीले ११ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष उक्त अवधिमा १० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा ९.८१ प्रतिशतले धेरै हो ।

गत वर्ष ८० करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको कम्पनीले यो चालु आवको समीक्षा अवधिमा १ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्