Logo

एनसीसी बैंकको २५ लाख कित्ता शेयर फागुन २ देखि लिलामीमा



काठमाडौं, २५ माघ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक शेयर फागुन २ गतेबाट लिलाममा बिक्रि गर्ने भएको छ । बैंकले २५ लाख कित्ता संस्थापक समुहको शेयर बढाबढमा बिक्रि गर्ने भएको हो ।

बैंकले न्युनतम मुल्य प्रतिकित्ता १४० रुपैयाँमा बिक्रिमा ल्याएको संस्थापक शेयरमा लगानी गर्न इच्छुक कम्पनी, व्यक्ति, फर्म तथा अन्य संस्थाहरुले फागुन ९ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । शेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको यस बैंकमा न्युनतम १ हजार कित्ताबाट अधिकतम सबै कित्ताको लागि फागुन २ गतेबाट आवेदन दिन सकिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्