Logo

दक्षिण अफ्रिकामा अक्सफोर्डको खोप नलगाईने



एजेन्सी, २६ माघ। अक्सफोर्ड-आस्ट्राजेनेकाले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप लगाउन दक्षिण अफ्रिकाले रोक लगाएको छ । नयाँ प्रकारको भाइरसविरुद्ध उक्त खोप प्रभावकारी नभएपछि त्यसको प्रयोग रोकिएको जनाइएको छ।

दक्षिण अफ्रिकाका नयाँ सङ्क्रमितमध्ये ९० प्रतिशत नयाँ प्रकारबाट प्रभावित रहेको पाइएको छ। एउटा अध्ययनले उक्त खोपको प्रभावकारिता नभएको पुष्टि गरेको जनाइएको छ ।

आगामी सातादेखि खोप अभियान थाल्ने तयारी भइरहेका बेला प्रभावकारितामा प्रश्न उठाउँदै खोप लगाउन नै रोक लगाइएको हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्