Logo

गैँडाको आक्रमणबाट बृद्धा घाइते



चितवन, २६ माघ । नारायणी नदीमा नुहाएर फर्किने क्रममा गैँडाको आक्रमणबाट एक वृद्धा घाइते हुनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नपा–३ ब्रह्मस्थानकी ७५ वर्षीया रुक्मीणि रेग्मी गैँडाको आक्रमणबाट घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विशाल तामाङका अनुसार आज बिहान करीब १०ः३० बजे गैँडाले आक्रमण गर्दा रेग्मी घाइते भउका हुन् । गैँडाको आक्रमणबाट रेग्मीको शरीरका विभिन्न भागमा चोट लाग्दा उनको अवस्था गम्भीर रहेको तामाङले बताए । घाइते रेग्मीको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि चितवनको भरतपुर पठाइएको तामाङले जानकारी दिए । रासस

ब्रह्मस्थान क्षेत्रमा एउटा बूढो गैँडा रहेको र हरेक दिन बिहान नारायणी नदीतर्फ जाने गरेको स्थानीयवासी हुमनाथ पोखरेलले बताए । गैँडाको आक्रमणबाट घाइते हुनुभएकी रेग्मीलाई करीब १० वर्ष अगाडिसमेत गैँडाले आक्रमण गरी घाइते बनाएको पोखरेलले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्