काठमाडौं, २६ माघ । नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । फाइनान्सले १६ लाख ५७ हजार ५ सय ६ कित्ता हकप्रद शेयर हितग्राही खातामा जम्मा गरेको जनाएको छ ।
कात्तिक ६ गतेसम्म कायम भएका शेयरधनीहरुको लागि १ः१.२५ अनुपातमा जारी गरेको उक्त शेयर नेप्से र सिडियस एण्ड क्लियरिङ्ग लिमिटेडमा सुचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकप्रद शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरेको छ । अभौतिकिकरण गराएका शेयरधनीहरुको हकमा भने सिधै हितग्राही खातामा हकप्रद शेयर जम्मा गरिदिने व्यवस्था गरेको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडले तोके अनुसार निवेदन दिन आग्रह समेत गरेको छ ।
कम्पनीले शेयर धितो राखेर कर्जा लिएका शेयरधनीको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र कम्पनीमा पेश गरेपछि मात्र खातामा हकप्रद शेयर जम्मा गर्ने पनि जानकारी दिएको छ ।