काठमाडौं, २६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब बराबर रुपैयाँको शेयर यो हप्ताबाट कारोबारमा आउने भएको छ । अहिलेसम्मकै नेपालको इतिहासकै ठुलो रकमको शेयर सुचिकरणको सबै प्रकृया सकिएर नेप्सेमा पुगेको छ ।
आवश्यक कागजात सबै पुगेकोले नेप्सेले सुचिकरणको लागि सम्झौता गर्ने जनाएको छ । नेप्से र कम्पनीबीच सुचिकरण सम्झौता भएपछि शेयर सुचिकरण भएको एकदिन पछि कारोबार शुरु हुनेछ । यो हप्ता नै कारोबारमा आउने गरेर सुचीकरण हुने नेप्सेले जनाएको छ ।
बैंकले माघ २ गतेबाट ६ गतेसम्म ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्कासनमा ल्याएको थियो ।