काठमाडौं, २६ माघ । नबिल बैंक र उपाय सर्भिसेजबीच विभिन्न सेवाहरु प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । लघु, साना र मझौला उद्यमलाई सहयोग गर्ने सम्बन्धमा बैंक र सर्भिसेजबीच सम्झौता भएको हो ।
उक्त सम्झौतामा बैंकका महाप्रबन्धक राजु केसी, एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत र उपाय सर्भिसेसले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकहरुले कर्जाको लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेजले सेवा दिनेछ । यसको साथै उपायले सार्वजनिक क्षेत्रगत विशेषज्ञको सेवा दिने बैंकले जनाएको छ ।