Logo

युबा विद्यार्थी नागरिक समाजले बैतडी घटनाबारे गृहमन्त्री थापालाई बुझाए ज्ञापनपत्र



काठमाडौँ, २७ माघ। गृहमन्त्री राम बहादुर थापा (बादल) लाई युबा विद्यार्थी नागरिक समाजले बैतडी घटना बारे भत्सर्ना गर्दै ज्ञापनपत्र भुझाएको छ । १८ वर्षिया बालिका भागरथी भट्टको बलात्कार गरि हत्या गरेको विषयमा युबा विद्यार्थी नागरिक समाजले आज गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएको हो ।

बलात्कार गरि हत्या गर्ने जस्तो क्रुर र जघन्य अपराधमा संलग्नहरुलाइ तत्काल गिरफ्तार गरि हुँदा सम्मको कारबाही गर्न सरकारसंग युबा विद्यार्थी नागरिक समाजले माग राखेको छ । सम्झना बि क र निर्मला पन्तको दोषीलाई समेत कडा कारबाही नभएको कारण उक्त घटनाले प्रश्रय पाएको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरिएको छ।

जनतालाई शान्ति सुरक्षा दिनु सरकारको पहिलो दायित्व हो भन्ने कुरा सरकारले नाभुलोस भन्दै सरकारले गम्भीर रुपमा उक्त घटना को छानबिन गर्न युबा विद्यार्थी नागरिक समाजको माग रहेको छ। राज्यको अनुसन्धान र प्रशासनिक निकाय पुर्ण रुपले बैतडीमा केन्द्रित रहेको समेत बताइएको छ।

बिगतका निर्मला पन्तको घटना झै कठिन नभएको र करिब दोषीको नजिक पुगेको भन्दै सरकार्को ध्यानाकर्षणका निम्ति धन्यवाद दिदै युबा विद्यार्थी नागरिक समाज सबैको सहयोगको सरकारले अपेक्षा गरेको बताए।



प्रतिक्रिया दिनुहोस्