काठमाडौं, २७ माघ । देशमा पछिल्लो समय अघोषित लोडसेडिङको अवस्था आयो । बेला बेलामा वत्ती जाने हुनथाल्यो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले लोडसेडिङ्ग नभई प्राविधिक त्रुटी दाबी गरे । झ्याम्प वत्ती जाने र केही घन्टा नआउने गर्दा धेरैको चासो कुलमान घिसिङ्गतर्फ गयो ।
कुलमान नेपाल विद्युत प्रधिकरणको कार्यकारी निर्देशक भएको पालामा लोडसेडिङ अन्त भएको थियो । त्यसकारण पनि उनीप्रति धेरैले आशा गरेका थिए । कुलमानको पदावधि सकिएपछि अघोषित लोडसेडिङ हुनुले सरकार आलोचित भयो । उनलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न माग हुनथाल्यो । तर, प्रधानमन्त्री केपी शर्मा ओली कुलमानप्रति सकारात्मक बनेनन् ।
कार्यकाल सकिएपछि प्रधिकरणको कायम मुकायम निर्देशकमा हितेन्द्रदेव शाक्यलाई ल्याइयो । कुलमानको क्रेजका कारण सिधै अर्को व्यक्तिलाई कार्यकारी निर्देशक नबनाइएको हो । अहिले कुलमानको क्रेज घट्दै गएपछि सरकारले शाक्यलाई नै कार्यकारी निर्देशक नियुक्त गरेको छ ।
२६ माघको मन्त्रिपरिषद बैठकले शाक्य नियुक्त भएका छन् । उनको नियुक्तिलगत्रै कुलमान हेरेको हेरै भएका छन् । कुलमानको प्राधिकरणमा पुनः इन्ट्रिको ढोका लगभग बन्द भएको छ ।
प्राधिकरण या सरकारको कुनै निकायमा काम गर्ने चाहना राखेका कुलमान अब भने अन्य निकाय तिर ध्यान दिन थालेका छन् । अब उनको राजनीतिमा प्रवेश हुने सम्भावनाबारे समेत आँकलन गर्न थालिएको छ ।