Logo

मेयर कप ब्याडमिन्टन प्रतियोगिता फागुन ६ गतेदेखि



तनहुँ, २७ माघ: जिल्ला सदरमुकाम दमौलीमा तेस्रो व्यास नगर मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । व्यास नगर व्याडमिन्टन क्लबको आयोजनामा आगामी फागुन ६ देखि ८ गतेसम्म हुने सो प्रतियोगितामा श्रेणी ए, बी र सी तथा महिला जोडीबीच हुने निर्णय भएको क्लबद्वारा सोमबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिए ।

सी लेभलका लागि प्रथम, द्वितीय र सान्त्वनाका लागि क्रमशः रु १५ हजार, रु १० हजार र रु चार-चार हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताका लागि कूल रु दुई लाख ६७ हजार ३०० खर्च लाग्ने अनुमान गरिएको क्लबले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्