काठमाडौं, २७ माघ । सिटिजन्स बैंक र कर्मभुमि समाजबीच सम्झौता भएको छ । बैंक र समाजबीच सहुलियत कर्जा तथा साना उद्यमलाई सहयोग गर्ने सम्झौता भएको हो । जोश, जागर, सिप, र परिक्षण गर्न सक्ने उमेर र प्रविधिलाई अर्थतन्त्रको मुल प्रवाहमा ल्याउन सम्झौताले थप मद्दत मिल्ने विश्वास लिएको बैंकले जनाएको छ ।
बैंकले कर्मभुमी समाजले व्यावसायिक ज्ञानको कमी, नेपाली बजारको यथार्थ जानकारी नहुने, नीति, नियम र प्रणालीसँग परिचित नहुने, सरकारी तवरबाट व्यवसायिक लालिम, अभिमुखीकरण र साना तथा मझौला उद्यमीहरुले भोग्नु परेको समस्याहरुलाई समाधान गर्न सहजकर्ताको भुमिका निर्वाह गर्ने जनाएको छ ।