काठमाडौ., २७ माघ । बैंक अफ काठमाण्डु लिमिटेडले आफ्नो स्वामित्वमा रहेका २ कम्पनीको शेयर बिक्रि खुल्ला गरेको छ । बैकले शेयर लिलाम बढाबढ गरेर आरएमडिसी १ लाख ५० हजार लघुवित्त र छिमेक लघुवित्तको ७ लाख कित्ता संस्थापक शेयरहरु बिक्रि खुल्ला गरेको हो ।
छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको प्रति कित्ता ६ सय रुपैयाँ र आएउमडिसी लघुवित्तको प्रतिकित्ता ५२० रुपैयाँ रहेको छ । लगानी गर्न इच्छुक नागरिकले मंगलबारबाट चैत्र ३ गते बैंकिङ्ग समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
न्युनतम १ सय कित्ताबाट अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले निष्कासन तथा बिक्रि प्रबन्धकमा विओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
विओके क्यापिटल लिमिटेड, बैक अफ काठमाण्डुका शाखा कार्यालयहरु, पोखरा, सुर्खेत धनगढीबाट इच्छुक लगानीकर्ताले आवेदन दिन सक्नेछन्