काठमाडौं, २७ माघ । स्रोत नखुलेको नगद सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । गौर नगरपालिका–४ वसपार्क नजिक सडकबाट स्रोत नखुलेको २१ लाख ९० हजार रूपैयाँ र ३१ लाख १६ हजार रुपैयाँ बराबरको ५ थान बैंक चेक सहित परोहा नगरपालिका–१ जिंगडवा वेलविछुवा बस्ने २७ वर्षीय मोहम्मद दिलसाद आलम पक्राउ परेका हुन् ।
नम्बर नभएको रातो रंगको स्कुटरमा उक्त रकम साथमा बोकी हिँडेको भन्ने खबर प्राप्त हुनासाथ २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी टोलीले विभिन्न दरको उक्त रकम र आलमको नामको उक्त चेक सहित फेला पारी पक्राउ गरेको जानकारी दिएको छ ।
उनलाई आवश्यक कारवाहीको लागि सम्पत्ति सुद्धिकरण विभागमा पठाइएको तथा नम्बर नखुलेको स्कुटरको कारवाहीको लागि भंसार कार्यालय गौरमा पठाएको जानकारी दिएको छ ।