Logo

२४ घन्टामा कोरोनाबाट थप २ जनाको मृत्यु



काठमाडौं,२७ माघ । कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १ सय ६० थपिएका छन् । आज १६५ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७२ हजार २ सय १५ संक्रमित भएपनि २ लाख ६८ हजार ४ सय ३१ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १ हजार ७ सय ३७ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ आजसम्म २१ लाख १ हजार ५९ जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या  ८७ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्