Logo

एभरेष्ट इन्स्योरेन्सले गर्यो ५० करोड ३७ लाख बीमाशुल्क आम्दानी



काठमाडौं, २७ माघ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले ५० करोड ३७ लाख ९६ हजार रुपैयाँ बीमाशुल्क आम्दानी गरेको हो ।

अघिल्लो वर्ष यस अवधिमा कम्पनीले ४८ करोड ६२ लाख ४३ हजार रुपैयाँ आम्दानी गरेको थियो । चालु आवमा कम्पनीले ४ प्रतिशत भन्दा धेरै बीमाशुल्क आम्दानी गरेको विवरणमा उल्लेख गरिएको छ ।

यो चालु आवमा कम्पनीले ९४ करोड ४८ लाख २० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत आवमा १ अर्ब १४ करोड ६६ लाख ५६ हजार कुल दाबी भुक्तानी गरेको थियो । ५५ हजार ६०२ बीमालेख कम्पनीले पुस मसान्तसम्ममा जारी गरेको छ । अघिल्लो वर्ष यो अवधिमा ५१ ह्जार ५५८ बीमालेख जारी गरेको थियो ।

दोस्रो त्रैमासिक सम्ममा कम्पनीले ७ करोड ४२ लाख ७५ हजार खुद नाफा गरेको विवरणमा उल्लेख भएको छ । गत वर्ष ५ करोड ६९ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो नाफा ३०.४४ प्रतिशतले धेरै हो । ३१ करोड १७ लाख १२ हजार रुपैयाँ कम्पनीले जगेडा कोषमा सुरक्षित राखेको छ । कम्पनीको चुक्तापुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्