Logo

ज्योति बैंकद्वारा हिमालयन माविलाई सहयोग



काठमाडौं, २७ माघ । ज्योति विकास बैंकले हिमालयन माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले काठमाडौंको न्युरोडस्थित उक्त विद्यालयलाई २ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको हो ।

बैंकले सामाजिक दायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवद्र्वन कोष मार्फत विद्यालयको शौचालयको पुननिर्माण गर्न आर्थिक सहयोग गरेको जनाएको छ । ज्योति विकास बैकको तर्फबाट काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय प्रमुख दिलिप राज बराल र न्युरोड शाखाका प्रबन्धक रबिन रेग्मीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली रत्न शाक्य र विद्यालयकी प्रधानाध्यापिका हीरा लक्ष्मी श्रेष्ठलाई उक्त आर्थिक सहयोग गरेका हुन् ।

ज्योति बैकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर, ६१ एटिएम मार्फत आफ्ना ग्राहकलाई बैकिङ्ग सेवा दिदै आएको छ । बैंकले ३ लाख भन्दा धेरै खाताबाट ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्