Logo

हरिबोल गजुरेलले आक्रोशित हुँदै भने : म मन्त्रीको लागि र्याल काढ्ने मान्छे हुँ ? (भिडिओसहित)



काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रभावशाली नेता तथा पूर्वमन्त्री हरिबोल गजुरेलले दाहाल–नेपाल नेतृत्वको नेकपा नै आधिकारिक भएको दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले कहिल्यैपनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ नदिएको पनि जिकिर गरेका हुन् । पार्टी एकता जोगाउनको लागि आफूले ओलीलाई भेटेरै कुरा गरेको पनि उनले स्मरण गराए । उनले भने,‘हिजो ओलीजीले गल्ती गर्दा प्रचण्डलाई साथ दिएको हो, र प्रचण्डले गल्ती गर्दा ओलीलाई साथ दिएको हो ।’ उनले पार्टी फुट्नुमा पहिलो दोषी नै प्रधानमन्त्री ओली भएको जिकिर गरे । उनले भने,‘यो कुरा त उहाँले पनि स्विकार गरेको कुरा हो । अहिले उहाँले सबै दोष प्रचण्डलाई देखाउनुभएको छ ।’



प्रतिक्रिया दिनुहोस्