Logo

गृहमन्त्री बादलबारे प्रदीप गिरीको टिप्पणी : ‘खुट्टी देखेरै पत्याईयो’ भिडिओसहित)



काठमाडौं, २८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बौद्धिक नेता प्रदीप गिरीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बलात्कारीलाई पक्राउ गर्छु र प्रचण्डलाई चिडियाखानामा थुन्छु भनेर दिएको अभिव्यक्तिलाई लिएर कडा टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दौ उनले यस्तो बताएका हुन् । उनले भने,‘खुट्टी हेरेर पत्याएँ भनेजस्तो हो ।’ निर्मला पन्तदेखि भागरथी भट्टसम्मको बलात्कारपछि हत्या भएका घट्नामा अहिलेसम्म दोषीलाई पक्राउ गर्न नसक्नु दुःखद् भएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्