कञ्चनपुर, २८ माघ । महाकाली नदीमा फसेका १६ जनाको सकुशल उद्धार गरेको छ । भिमदत्त नगरपालिका–१२ भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको मंगलबार बिहान प्रहरीले सकुशल उद्धार गरेको हो ।
उक्त स्थानमा मलामी गएको अवस्थामा भारतको टनकपुरस्थित एन.एच.पि.सि.द्वारा टनकपुर पावर हाउसको पानी सफाई गर्नको लागि महाकाली नदीमा पानी छाडेपछि पानीको बहाब बढ्न गई उनीहरु नदीको बीच भागको टापुमा फसेका थिए ।
घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुको सकुशल उद्धार गरेको जनाएको छ ।