Logo

रुरु जलविद्युतको आईपीओ निष्कासन हुँदै



काठमाडौं, २८ माघ । रुरु जलविद्युत परियोजना लिमिटेडले फागुन ७ गतेबाट स्थानिय वासिन्दाको लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले गुल्मी जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ४ लाख कित्ता ७ हजार ७०५ कित्ता शेयर निष्कासन गर्न लागेको जनाएको छ ।

उक्त शेयरमा फागुन ७ गते र छिटोमा फागुन २१ गते सम्म र ढिलोमा चैत्र ८ गतेसम्ममा स्थानियहरुले आवेदन दिन सक्नेछन् । स्थानिय बासिन्दाहरुले यस हाइड्रोपावर कम्पनीको शेयरमा न्युनतम १० कित्तादेखि ४ लाख कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरेको बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

आयोजनाबाट हुने आम्दानीमा स्थानिय जनताको हिस्सेदारी कायम रहोस् भन्ने उद्देश्यले कानुनी रुपमा नै हाइड्रोले आरक्षण गर्ने व्यवस्था गरेको छ । आरक्षण व्यवस्था अनुसार शेयर बिक्रि भएर बाँडफाँट गरेको ३ वर्षसम्म बिक्रि वितरणका लागि बन्देज लगाइएको हुन्छ ।

गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक, धितोपत्रबाट सि आस्बा सदस्यता प्राप्त गरेका सबै बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

यो कम्पनीलाई आईपीओ निष्कासनको लागि रेटिङ्गमा रेटिङ्ग एजेन्सी इक्रा नेपाल कम्पनीलाई आईआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित जनाउछ ।



प्रतिक्रिया दिनुहोस्