Logo

एनआईसी बैंकले ल्यायो भ्यालेनटाइन्स् डेको अफर, ‘सेलिब्रेट लभ विथ एनआईसी एशिया बैंक’



काठमाडौं, २८ माघ । एनआईसी एशिया बैंकले फेब्रुअरी १४ तारिखको दिन मनाउने भ्यालेन्टाइन्स् डे लाई मध्यनजर गर्दै ‘सेलिब्रेट लभ विथ एनआईसी एशिया बैंक’ योजना ल्याएको छ ।

बैंकको यो योजना अन्तर्गत डिजीटल च्यानलबाट कारोबार गर्ने २० जना भाग्यशाली ग्राहकले नेपालको उत्कृष्ट तारे होटलमा भ्यालेनटाइन्स् डे का दिन डिनर गर्ने आकर्षक मौका पाउनेछन् ।

माघ २८ गतेबाट फागुन १ गतेसम्म संचालन हुने यो योजनामा मोबाइल बैकिङ्ग सेवा मार्फत क्युआर कोड स्क्यान गरेर कारोबार गर्ने, विभिन्न घरायशी बिलहरुको भुक्तानी डिजिटल च्यानलमार्फत गर्ने, डेबिट÷क्रेडिट कार्ड मार्फत पीओएसद्वारा भुक्तानी गर्ने र ई कमर्शमार्फत कारोबार गर्ने ४ वटा च्यानलबाट प्रति च्यानल ५ जना गरेर कुल २० जना भाग्यशाली ग्राहकलाई गोलाप्रथाबाट छनौट डिनरको लागि समावेश गरिने बैंकले जनाएको छ ।

उक्त योजना अवधिभर ५ सय रुपैयाँ भन्दा धेरेको कारोबार गर्ने ग्राहकलाई मात्र गोलाप्रथाबाट समावेस गरिने बैकले जनाएको छ । उक्त रकम भन्दा धेरै कारोबार गर्ने ग्राहकको विजेता बन्ने प्रवल सम्भावना छ । यस योजना अन्तर्गत नेपालको जुनसुकै स्थानबाट पनि समावेश गर्न सक्नेछन् र विजेतालाई पायक पर्ने स्थानमा तारे होटलको आकर्षक डिनरको व्यवस्था गर्ने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्