Logo

प्रभु बैंकले ४ अर्बको ऋणपत्र जारी गर्दै



काठमाडौं, २८ माघ । प्रभु बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ४ अर्ब बराबर रुपैयाँको ऋणपत्र ८.५ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको ऋणपत्र बिक्रि गर्ने जनाएको छ ।

बैंकले ऋणपत्र माग गर्दै २५ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । कम्पनीले ऋणपत्र बिक्रि तथा प्रबन्धकमा मेगा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले १६ लाख कित्ता सर्वसाधारणको लागि र बाँकी २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्रि गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्