Logo

युनाईटेड इन्स्योरेन्सले आर्जन गर्यो ३५ प्रतिशत खुद नाफा



काठमाडौं, २८ माघ । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले २ करोड ७४ लाख खुद नाफा गरेको हो । गत वर्ष सोही अवधिमा २ करोड २ लाख रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्ष भन्दा यो वर्ष नाफा ३५ प्रतिशतले धेरै हो ।

चालु आवमा कम्पनीको आम्दानी ३४.८७ प्रतिशत बढी भएकोले नाफामा उल्लेख्य रुपमा बृद्धि भएको हो । यो वर्ष ५ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष भने ३ करोड ९० लाख आम्दानी गरेको थियो ।

चालु आवमा बीमाशुल्क आम्दानी पनि गत वर्षको तुलनामा ६१.६६ प्रतिशतले बढेको हो । कम्पनीले यो वर्षमा ५७ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क आम्दानी गरेको छ । १ करोड ८९ लाख रुपैयाँ जगेडा कोषमा सुरक्षित राखेको यस कम्पनीको १ अर्ब २ करोड ८१ लाख रुपैयाँ चुक्तापुँजी रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २.६७ प्रतिशत र प्रतिशेयर नेटवर्थ १४१.७७ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्