Logo

नारायणकाजीले हिजो सम्बोधन गर्दैगर्दा ऋषि धमलाको नाम किन लिए ? (भिडिओसहित)



काठमाडौं, २९ माघ । हिजो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले काठमाडौंको भृकुटीमण्डपमा विरोधसभाको आयोजना गरेको थियो । उक्त सभामा सम्बोधन गर्दै गर्दा नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई चुप लाग्नुहोस भनेका थिए । कारण थियो सभामा श्रेष्ठले बोल्दै गर्दा पत्रकार ऋषि धमलाले सभामा उपस्थित् नेता तथा कार्यकर्ताहरुसँग अन्तर्वार्ता गरिरहेका थिए । उनले सुरुमा नेता मात्रिका प्रसाद यादवसँग कुरा गरे । त्यसपछि बाराका एक नेतासँग कुरा गरे । पत्रकार धमलाका अनुसार आफू अन्तर्वार्ताको लागि गएको र नेता तथा कार्यकर्ताले आफूसँग सेल्फी खिचेका थिए ।



प्रतिक्रिया दिनुहोस्