काठमाडौं, २९ माघ । ग्रीन डेभलपमेन्ट बैंकले ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ४ प्रतिशत लाभांश दिने प्रस्ताव माघ २८ गते बसेको संचालक समितिको बैठकले गरेको हो ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृती र बैंकको साधारण सभाबाट पारित गरेपछि शेयरधनीलाई वितरण गर्ने बैंकले जनाएको छ । चुक्तापुँजीको एक प्रतिशत हुन आउने ५० लाख रुपैयाँ बराबरको बोनस शेयर, आव ०७६/०७७ सम्मको वितरण योग्य मुनाफाबाट चुक्तापुँजीको २.८० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ र कर प्रयोजनको लागि ०.२० प्रतिशतले हुन आउने १० लाख रुपैयाँ नगद गरेर जम्मा ४ प्रतिशत लाभांश प्रस्ताव गरेको जनाएको छ ।