काठमाडौं, २९ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको साधारण सभा बुधबार सम्पन्न भएको छ । बैंकको १५ औं सभाले ४.५० प्रतिशत लाभांशसहितको प्रतिवेदन प्रस्ताव पारित गरेको हो ।
संचालक समिति धनिराम शर्माको अध्यक्षतामा सभा सम्पन्न भएको थियो । सभामा महालेखा परिक्षकको कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालयका प्रतिनिधि, बैकका कानुनी सल्लाहकारहरु, बैकका ट्रेड युनियनका अध्यक्षहरुलगायतको उपस्थिति थियो ।
बैंकको देशभर २४५ शाखा कार्यालयहरु, २०५ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्गसेवा मार्फत ग्राहकलाई सेवा दिइरहेको छ ।