Logo

यी कम्पनीको भोली बुक क्लोज हुने



काठमाडौं, २९ माघ ।  तारागाउँ रिजेन्सी होटल र स्वाभिमान लघुवित्तले भोली बुक क्लोज गर्ने भएका छन् । साधारण सभा प्रयोजनार्थ यी दुई कम्पनीले माघ ३० गते बुक क्लोज गर्ने भएका हुन् । तारागाउँ रिजेन्सीले फागुन १४ गते बौद्धमा १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित साधारण सभा गर्ने भएको छ ।

स्वाभिमान लघुवित्तले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रसताव पारित गर्न फागुन १३ गते कम्पनीको चौथो साधारण सभा बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस्